काठमाडौँ । एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
एमाले सचिव राजन भट्टराईका अनुसार केन्द्रीय कमिटी बैठकले तत्काल गर्नुपर्ने कामको बारेमा निर्णय गर्नेछ । बैठकले नवनिर्वाचित केन्द्रीय कमिटी पदाधिकारीहरूका बीचमा जिम्मेवारी बाँडफाँट लगायतको विषयमा पनि छलफल गर्ने तयारी रहेको सचिव भट्टराईले बताए।
महाधिवेशनपछि बस्न लागेको यो केन्द्रीय कमिटीले विशेष गरी जेन जेड आन्दोलनपछि महाधिवेशनको समीक्षा र अहिलेको राजनीतिक अवस्थाको बारेमा कसरी अगाडि जाने भन्ने विषयमा निर्णय गर्ने छ।
११औँ महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा नयाँ नेतृत्वको टिम निर्माण गरेको छ।
अध्यक्ष निर्वाचन लगत्तै केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै ओलीले एमालेले शान्तिपूर्ण आन्दोलनको तयारी गर्नुपर्ने भन्दै नेतृत्वमाथि सरकारबाट हुने कुनै पनि हस्तक्षेपको सशक्त विरोध गर्न निर्देशन दिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ पुस २०८२, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रधानमन्त्री कार्कीद्वारा एमाले नेतृत्वलाई धन्यवाद
एमालेले लगायो समानुपातिक सांसदको टुंगो (सूचीसहित)
एमाले सचिवालय बैठक आज बस्दै
एमालेले समानुपातिक सांसदको नाम आइतबार पठाउने
नेकपा एमालेका महासचिव पोखरेलको चुनाव खर्च १७ लाख बढी
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य