प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

सफल खबर संवाददाता

विहीबार, ०३ पुस २०८२, १५ : ३६
प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

काठमाडौँ । एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी बनेका छन् । उनले संस्थापन पक्षबाट महासचिवको टिकट नपाएपछि केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए ।

ज्ञवालीले महासचिवमा पहिल्यैबाट दावेदारी प्रस्तुत गरे पनि संस्थापन पक्षले उनलाई उपाध्यक्षमा उठाउन चाहेको थियो । तर, उनले उपाध्यक्षमा उम्मेदवारी दिन मानेनन् र केन्द्रीय सदस्यमा मात्रै उठे । ज्ञवालीले रिक्त गरेको स्थानमा संस्थापनबाट रघुजी पन्त उम्मेदवार भएर विजयी बनेका छन् ।

खुला केन्द्रीय केन्द्रीय सदस्यमा ज्ञवालीले १९४२ मत ल्याए । उनी सर्वाधिक मत ल्याउनेमा पर्छन् ।

प्रतिक्रिया दिनुहोस