काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा निर्वतमान हुँदै गरेको केन्द्रीय कमिटिकै आधा दर्जन नेताहरुले भाग नलिएको खुलेको छ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनमा पार्टीका आधा भन्दा बढी सदस्यहरु नै सहभागी नभएको तथ्यांक सार्वजनिक भईरहेका बेला नयाँ नेतृत्व चयन प्रक्रियामा पनि आधा दर्जन केन्द्रीय सदस्यले नै मतदान प्रक्रियामा सहभागी नभएको देखिएको हो ।
उनीहरुले असन्तुष्टि भएर मतदान प्रक्रियामा सहभागी नभएको हो वा अन्य कुनै कारण त्यो भने खुलेको छैन । रोचक पक्ष त के छ भने नयाँ कार्यकालको केन्द्रीय समितिको सदस्यका लागि उम्मेदवार बनेका उम्मेदवारसम्मले पनि मतदान प्रक्रियामा सहभागी नभएको देखिएको छ ।
पार्टीका पूराना नेता मुकुन्द न्यौपाने देखि केन्द्रीय सदस्यका उम्मेदवार बनेका राजेन्द्र अर्यालसम्मले मतदान प्रक्रिायमा सहभागीता नजनाएका हुन् । निर्वतमान हुँदै गरेको केन्द्रीय समितिमा रहेका नेताहरु मुकुन्द न्यौपाने, बसन्त नेम्वाङ, बालकृष्ण काउछामगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, हरिबहादुर राजवंशीले मतदान प्रक्रियामा सहभागीता जनाएनन् ।
त्यस्तै, केन्द्रीय अनुशासन आयोगका पनि ४ नेताले मतदानमा भाग लिएनन । पोष्ट कुमार नेपाल, सरस्वती गौतम, सतिलाल राजवंशी, प्रदीप प्याकुरेल (सुशील) ले मतदान प्रक्रियामा भाग नलिएका हुन् । यसमध्ये सुशील प्याकुरेल मतदान गर्न मतदानस्थल भृकुटीमण्डप पुगेपनि उनको कार्ड नभेटिएकोले मतदान प्रक्रियामा सहभागी हुन नपाएका हुन् ।
राष्टिय सभाका पूर्व अध्यक्ष गणेश तिमिल्सिनाको पनि मतदान दिन जाँदा कार्ड नभेटिएपछि पूनः अर्काे कार्ड बनाएर मतदान गराईएको थियो । तर सुशील प्याकुरेलको भने कार्ड बनाउन चासो कार्यालयले नदिएको बताइएको छ । उनी पछिल्लो समय ओलीसँग रुष्ट थिए । विधा भण्डारीसँग निकट रहेका कारण पनि उनको कार्ड बनाउने तिर एमाले सस्थापनले चासो नदिएको बताइएको छ ।
त्यसैगरी मतदान प्रक्रियामा सहभागीता नजनाउने अन्य नेताहरुमा समिर नेपाल, रचना राजोपाध्याय, लेखा आयोग, अशोक केसीले पनि मतदानमा भाग लिएनन । केन्द्रीय विभागबाट प्रतिनिधि बनेका घनश्याम कोइराला, सन्जीव रोकाहाले पनि मतदानमा भाग नलिएका हुन् ।
भूगोलबाट प्रतिनिधि बनेकामध्ये कृष्णमाया भुजेल– झापा, लक्ष्मी यादव– बारा, शत्रुधन प्रसाद सिंह– सिरहा, राजेन्द्र प्रसाद यादव– पर्सा, अंशु आनन्द– पर्सा, मनोज, कुमार गुप्ता– पर्सा, विजय कापर– सप्तरी, जितेन्द्र चौधरी– महोत्तरी, सिर्जना नेपाली (प्रवास), अशिम कोइराला (प्रवास), दिनेश बास्तोला (प्रवास), बालुका बेलबासे (प्रवास), गिरिराज बेलबासे (प्रवास), मिना पोखरेल (प्रवास), राजेन्द्र अर्याल (गुल्मी), तेजकुमार बिक, पल्वराज भट्ट (कन्चनपुर), तिलक रिजाल (दैलेख), गोमा नेपाली (कालीकोट), दानबहादुर बिक, बब्लु शिवाकोटी छन् ।
यसमध्ये राजेन्द्र अर्याल गुल्मी भने पार्टीको केन्द्रीय समिति सदस्यका उम्मेदवार पनि थिए । उनी एमाले निकट पत्रकारहरुको पूर्व अध्यक्ष पनि हुन् । उनले पनि मतदान प्रक्रियामा सहभागीता जनाएनन । प्रवासबाट प्रतिनिधि बनेकाहरु ले पनि महाधिवेशनमै नआएको तथ्य पनि यसले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ पुस २०८२, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अध्यक्षमा ओलीको अग्रता कायमै, पोखरेलले कति मत पाए ?
महासचिवमा शंकरले ल्याए २४९ मत, सुरेन्द्रको कति ?
एमाले महाधिवेशन : अध्यक्षमा ओली अगाडि, अन्य पदमा यस्तो छ नतिजा (ताजा अपडेट)
एमाले महाधिवेशन : अध्यक्षमा ओली अगाडि, महासचिवमा टक्कर
एमाले महाधिवेशन : सुरु भयो मतगणना