काठमाडौ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न बुधबार बिहान ९ बजेदेखि जारी मतदान अझै (बिहीबार बिहानसम्म) सकिएको छैन।
एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाले अब सयजति मत खस्न बाँकी रहेको जानकारी दिए।
आज (बिहीबार) बिहान उनले भने, ‘सबै जना भित्र पसिसक्नुभएको छ, अब मेसिनमा सयजति मत खस्न बाँकी होला। अरू एक घण्टा लाग्ला कि?’
आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी एमाले महाधिवेशनमा बुधबार बिहान सवा ९ बजे मतदान सुरु भएको थियो। रातभर निरन्तर मतदान गर्दा पनि यो खबर बनाउँदासम्म जारी छ। एमाले महाधिवेशनमा कुल २ हजार २६३ मतदाता छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ पुस २०८२, ०६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
पब्लिक डिबेटका लागि तयार भएका ओलीले भने : 'एमाले देश बनाउने तर्फबाट मैदानमा छ'
दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश
मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
ओखलढुंगामा एमालेको असन्तुष्टि झन् चर्किदो, बहुसंख्यक नेता आज नेकपामा समाहित हुँदैं