काठमाडौ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न बुधबार बिहान ९ बजेदेखि जारी मतदान अझै (बिहीबार बिहानसम्म) सकिएको छैन।
एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाले अब सयजति मत खस्न बाँकी रहेको जानकारी दिए।
आज (बिहीबार) बिहान उनले भने, ‘सबै जना भित्र पसिसक्नुभएको छ, अब मेसिनमा सयजति मत खस्न बाँकी होला। अरू एक घण्टा लाग्ला कि?’
आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी एमाले महाधिवेशनमा बुधबार बिहान सवा ९ बजे मतदान सुरु भएको थियो। रातभर निरन्तर मतदान गर्दा पनि यो खबर बनाउँदासम्म जारी छ। एमाले महाधिवेशनमा कुल २ हजार २६३ मतदाता छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ पुस २०८२, ०६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग