काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह गरेकी छिन् ।
ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले निर्वाचनलाई आ-आफ्नो ठाउँबाट सहयोग र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आग्रह गरेकी हुन ।
उनले गत भदौ २३ र २४ गतेको जेन जेड युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेकोसमेत बताइन् ।
मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन एक मात्र विकल्प निर्वाचन रहेको उनको भनाई छ ।
शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ पुस २०८२, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की
असामान्य परिस्थितिमा पनि निर्वाचन गर्न सफल भएकोमा प्रधानमन्त्री कार्कीद्वारा खुसी व्यक्त
प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेट
प्रधानमन्त्री कार्कीद्वारा जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा अर्चना
कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की