काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । विद्युतीय मेसिनबाट मतदान हुन लागेको हो ।
मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण आज बिहानलाई सारिएको थियो । अब भने सबै समस्या समाधान भएकोले मेसिनहरु मतदानका लागि तयार भएको प्राविधिक लक्ष्मण रिमालले बताए ।
मतदान सुरु गर्न प्राविधिक टोली तयार भइसकेको छ । ‘अब प्राविधिक समस्या छैन । हाम्रोतर्फबाट काम सकिएको छ । निर्वाचन आयोगको आदेश आएपछि मतदान गर्न सकिन्छ’, प्राविधिक लक्ष्मण रिमालले भने ।
मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । केपी ओली र ईश्वर पोखरेल समूह प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ पुस २०८२, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको प्रचार सामग्रीले कुरूप बन्यो भृकुटीमण्डप क्षेत्र
एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव
ओली डराउँदा झुलाइयो मतदाता ? : जाडोको बहाना
एमालेको जारी एघारौँ महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन (सूची)
ओलीतिर फर्किदै असन्तुष्ट नेताहरु
काशी र प्रदीपलाई ओलीको फोन– 'अन्याय हुन दिन्नँ, सहयोग गर्नुस्'