काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयन प्रक्रियाका लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ ।
एमालेको एघारौँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि चुनावी कार्यक्रम अघि बढेको छ । आयोगले बन्द सत्र सुरु भएसँगै हिजो नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।
केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले नयाँ कार्यतालिका सार्वजनिक गरेका छन् । जस अनुसार, आज दिउँसो १ देखि साढे ३ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने समय तोकिएको छ ।
यसअघि प्रकाशित कार्यतालिकामा उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने समय साढे १० देखि साढे १ बजेसम्मका लागि तोकिएको थियो । संशोधित कार्यतालिका अनुसार, दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ ।
त्यस्तै, आजै ५ बजे उजुरी उपर छानबिन र निर्णय हुनेछ । त्यस्तै, ५ देखि ६ बजेसम्म उम्मेदवारको नाम फिर्ता हुने कार्यतालिकामा रहेको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ साढे ६ बजे हुने बताइएको छ । मतदान भोलि ११ देखि ५ बजेसम्म हुने कार्यतालिका तय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०८२, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले गराए अध्यक्ष पदमा उम्मेदवारी दर्ता
एमाले महाधिवेशन : पोखरेल समुहबाट कुन पदमा को बन्दैछन् उम्मेदवार ?
ओली प्यानलमा पृथ्वीसुब्बाले छोडे महासचिवको दावी, उपाध्यक्षमा सहमति
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आजै, मतदान भोली
एमाले महाधिवेशन: ओलीलाई ईश्वरको चुनौती, आज उम्मेदवारी दर्ता
एमालेको निर्वाचन तालिका सार्वजनिक