काठमाडौँ। नेपाली काँग्रेसले भोलि (पुस १ गते) केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने भएको छ।
पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनको शोकमा काँग्रेसले एक दिन कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।
उपसभापति धनराज गुरुङको सभापतित्वमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उपाध्यायको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
पारित शोक प्रस्तावअनुसार पुस १ गते कार्यालयहरू बन्द गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनकाअनुसार २९ मंसिरदेखि २ पुससम्म (तीन दिन) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाइने भएको छ ।
उपाध्यायको स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औँ दिनमा गृहजिल्ला मोरङमा शोक सभाको आयोजना गर्ने काँग्रेसले निर्णय गरेको छ ।
उपाध्यायको क्यान्सर रोगको उपचारका क्रममा शनिबार साँझ ९१ वर्षको उमेरमा काठमाडौँको ह्याम्स अस्पतालमा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०८२, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ