काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् ।
महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको पोखरेलको दाबी छ ।
उनले भने, ‘पार्टीलाई सामूहिक नेतृत्व, विधि र पद्धति ठिक ढंगले चलाउने उद्देश्यले मेरो उम्मेदवारी हो ।’
उनले काठमाडौँ आएका महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीलाई पुनर्गठित र पुनर्व्यवस्थित गर्ने पक्षमा उभिन आह्वान गरेका छन् । पोखरेल अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । दुवै पक्षले प्यानल नै खडा गरेर चुनावी मैदानमा होमिँदै छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०८२, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं-५ बाट ईश्वर पोखरेल एकल सिफारिस
एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल
प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिनुहुन्न, विचार संगठनको मामलामा एक छौ: ईश्वर पोखरेल
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
युवाहरु भेला गर्दै ईश्वर पोखरेल समूह
जाँचबुझ आयोगले बोलाउँदा ओलीले अवज्ञा गर्नु राम्रो होइन: ईश्वर पोखरेल