काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता हुनेछ । शनिबारदेखि सुरू भएको पार्टीको एघारौं महाधिवेशनमा आइतबारदेखि बन्द शत्र शुरु भएको थियो । आइतबार निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।
बिहान ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारको दराखास्त फाराम वितरण गर्ने र बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म उम्मेदवारको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम निर्वाचन समितिले बनाएको छ ।
प्रकाशित कार्यतालिका अनुसार दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामवली प्रकाशन हुनेछ। सो नामावलीमा दाबी विरोध गर्न दिउँसो ३ बजेसम्मको समय राखिएको छ।
उजुरी उपर छानबिन र निर्णय दिउँसो ३स्१० बजेसम्म हुनेछ। उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहे दिउँसो ३ बजेदेखि ५ बजेसम्मको समय दिइएको छ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन बेलुका ६ बजेसम्म गर्ने कार्यतालिका रहेको छ। मतदान पुस १ गते हुनेछ। नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेलले समूह बनाएर प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
टिम निर्माणका लागि ओलीले आफनो निवास भक्तपुर गुन्डुमा र इश्वर पोखरेलले थापागाँउस्थित विधा भण्डारीले सम्र्पक कार्यालय खोलेको कार्यालयमा रातभर छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०८२, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तालिका प्रभावित पार्ने संकेत देखिएको एमालेको निष्कर्ष
एमालेले थाल्यो आक्रामक चुनावी परिचालन निति
कास्कीमा नेकपा एसका नेताकार्यकर्ता एमालेमा समाहित
पूर्वमन्त्री जितेन्द्र देवले गरे एमाले परित्याग गरेको घोषणा
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना