काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता हुनेछ । शनिबारदेखि सुरू भएको पार्टीको एघारौं महाधिवेशनमा आइतबारदेखि बन्द शत्र शुरु भएको थियो । आइतबार निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।
बिहान ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारको दराखास्त फाराम वितरण गर्ने र बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म उम्मेदवारको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम निर्वाचन समितिले बनाएको छ ।
प्रकाशित कार्यतालिका अनुसार दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामवली प्रकाशन हुनेछ। सो नामावलीमा दाबी विरोध गर्न दिउँसो ३ बजेसम्मको समय राखिएको छ।
उजुरी उपर छानबिन र निर्णय दिउँसो ३स्१० बजेसम्म हुनेछ। उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहे दिउँसो ३ बजेदेखि ५ बजेसम्मको समय दिइएको छ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन बेलुका ६ बजेसम्म गर्ने कार्यतालिका रहेको छ। मतदान पुस १ गते हुनेछ। नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेलले समूह बनाएर प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
टिम निर्माणका लागि ओलीले आफनो निवास भक्तपुर गुन्डुमा र इश्वर पोखरेलले थापागाँउस्थित विधा भण्डारीले सम्र्पक कार्यालय खोलेको कार्यालयमा रातभर छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०८२, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशन : पोखरेल समुहबाट कुन पदमा को बन्दैछन् उम्मेदवार ?
ओली प्यानलमा पृथ्वीसुब्बाले छोडे महासचिवको दावी, उपाध्यक्षमा सहमति
एमाले महाधिवेशन: ओलीलाई ईश्वरको चुनौती, आज उम्मेदवारी दर्ता
एमालेको निर्वाचन तालिका सार्वजनिक
एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्कायो, अब १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने
एमाले केन्द्रीय कमिटी बैठक सुरु