काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिको बैठक बोलाएका छन् । एघारौं महाधिवेशको बन्दशत्र ५ घण्टा पछि सारेर ओलीले अहिले ९ बजे केन्द्रीय कमिटिको बैठक बोलाएका हुन् ।
बन्दशत्र आयोजनास्थल भृकुटीमण्डमपै केन्द्रीय समितिको बैठक बोलाइएको छ । बैठकको एजेण्डा नेताहरुलाई दिइएको छैन । केन्द्रीय समितिको बैठक विबाहन ९ बजेदेखि र बन्दशत्र १२ः १५ बजेदेखि शुरु हुने भन्दै नेताहरुलाई एसएमएस सन्देश पठाइएको छ ।
एजेण्डा केन्द्रीय कमिटिका सदस्यहरुलाई नपठाएपनि विधान संसोधन प्रस्ताव फेरि ओलीले ल्याउन लागेका हुन् की भन्ने आशंका नेताहरुले गरेका छन् । हिजो शनिबार उद्घाटन शत्र सकिएपछि ओली पक्षका कोर टिममा छलफल भएको थियो । ओली आफुपक्षिय नेताहरुको ब्यवस्थापनका लागि दुई उपाध्यक्ष र दुई सचिव थप गरेर जाने पक्षमा थिए ।
सचिवालयमा नेताहरुको सहज ब्यवस्थापन र दवाव रहेको भन्दै १९ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव ओलीले राखेका थिए । तर इश्वर पोखरेल पक्षका नेताहरुले पदाधिकारी थप गर्ने र पूरानै विधान अनुसार फर्कने भए दुई कार्यकाल कार्यकारी र ७० वर्षे उमेरहदका विषय पनि समेटिनुपर्ने अडान राखेपछि ओली पछि हटेका थिए ।
तर शनिबार साँझ ओली पक्षका कोर टिममा भएको छलफलका आधारमा नेताहरुले पूरानै पदमा दोहोरिन नचाहेको र एक पद बढुवाको आकांक्षा राखेपछि ओली दवावमा परेका थिए । त्यसमाथी आफ्नो टिममा रहेका पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुविर महासेठ र लेखराज भट्टमाथी इश्वर पोखरेल समुहको आखाँ परिरहेको देखेपछि ओली विधान संसोधन गरेर जाने विषयमा फेरि अगाडी बढ्न खोजेका हुन् ।
दुई उपाध्यक्ष थप गर्दा पृथ्वीसुब्बा र प्रदीप ज्ञवाली र शंकर पोखरेलमध्येबाट एकलाई महासचिव र दुईलाई उपाध्यक्षमा लैजान सकिने, त्यसपछि रघुविर महासेठ, छविलाल विश्वकर्मा र लेखराज भट्टमध्येबाट दुईलाई उपमहासचिवमा लैजान सकिने र सचिवका बढी आकांक्षीमा पनि दुई जनाको ब्यवस्थापन गर्न सकिने देखेपछि उनले अन्तिममा विधान संशोधन प्रस्तावमै जान चाहेका हुन् ।
एमाले निकट स्रोतले सफलखबरसँग भन्यो, ‘ओलीले आफनो टिम ब्यवस्थापनका लागि केन्द्रीय कमिटिबाट विधान संसोधन गर्न बैठक बोलाउनु भएको हो ।’ शनिबार अबेरसम्म बसेको ओली टिमका कोर नेताहरुको बैठकले विधान संसोधन प्रस्ताव केन्द्रीय कमिटिबाट पारित गरेर जाने निधो निकालेपछि केन्द्रीय कमिटि बैठक बोलाइएको हो ।
यसमा पोखरेल पक्षले कस्तो रणनीति बनाउँछ त्यो भने हेर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ मंसिर २०८२, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
एमाले सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?