काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनको बन्दशत्र आजदेखि शुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र हुनेछ । अहिले बिहान ८ बजेदेखि बन्दशत्र सुरु हुने एमालेले जनाएको छ ।
नयाँ नेतृत्वका लागि आजै निर्वाचन कार्यतालिका ल्याउने तयारी निर्वाचन समितिले गरेको छ । बन्दशत्र सञ्चालनका लागि एमालेले अहिले रहेका पदाधिकारीहरु १८ जना नै रहेको अध्यक्षमण्डल गठन गरेको छ । सचिव रहेका टोपवहादुर रायमाझी निलम्बनमा परेका कारण उनीबाहेकका सबै पदाधिकारी रहेको अध्यक्षमण्डल बनाउने निर्णय महाधिवेशन शुरु हुनु अगाडी बसेको केन्द्रीय सचिवालय बैठकले गरेको थियो ।
माइन्यूट लेख्न पृथ्वीसुब्बा गुरुङ नेतृत्वको टिम र समसामायिक प्रस्ताव लेखनको जिम्मा प्रदीप ज्ञवाली नेतृत्वको टिमलाई दिएको छ ।
महाधिवेशनमा २ हजार २ सय ६२ जना प्रतिनिधि छन् । महाधिवेशनले अध्यक्ष, महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ ।
अध्यक्षका लागि फेरि केपी ओली तेहेरिन खोजेका छन् । उनलाई अब अभिभावकीय जिम्मा लिन आग्रह गदै बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले अध्यक्षमा चुनाव लड्न लागेका छन् । दुवै पक्षबाट अहिले आ आफनो प्यानल बनाउने गृहकार्य गरिरहेका छन् । नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ मंसिर २०८२, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तालिका प्रभावित पार्ने संकेत देखिएको एमालेको निष्कर्ष
एमालेले थाल्यो आक्रामक चुनावी परिचालन निति
कास्कीमा नेकपा एसका नेताकार्यकर्ता एमालेमा समाहित
पूर्वमन्त्री जितेन्द्र देवले गरे एमाले परित्याग गरेको घोषणा
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना