काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (आइतबार) काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुने पार्टीले जनाएको छ ।
शनिबार भक्तपुरको सल्लाघारीमा उल्लेख्य जनसहभागिता र शक्ति प्रदर्शनसहित महाधिवेशनको उद्घाटन गरेपछि एमाले आजबाट नेतृत्व चयन प्रक्रियामा प्रवेश गरेको हो । बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ ।
देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष , महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।
महाधिवेशनका लागि हालका सबै पदाधिकारी समेटिएको अध्यक्षमण्डल गठन भइसकेको छ । त्यस्तै, महाधिवेशन प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ ।
नेतृत्व चयनका लागि सहमतिमै टुङ्ग्याउने प्रयास भइरहेको एमालेले जनाएको छ । सहमति जुट्न नसके मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिनेछ । त्यसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ, जसको परीक्षण शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ मंसिर २०८२, ०६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति
माइतीघरबाट एमालेको विरोध प्रदर्शन सुरु
एमालेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप
ओलीको पक्राउको विरोधमा एमालेद्वारा दिउँसो ३ बजे ७७ जिल्लामै शसक्त विरोध प्रदर्शनको आह्वान
एमाले अध्यक्ष ओली पक्राउपछि तनावः सडकमा उत्रिए आक्रोशित कार्यकर्ता
जेन जेड आन्दोलनका घटना बहालवाला न्यायाधीशबाट छानबिन गर्न एमालेको माग