काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अजेय र एमाले अजम्बरी रहेको बताएका छन्।
शनिबार भक्तपुरको सल्लाघारीमा ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तीन महिनाअघि महालीलाग्दा दिनहरूबिच एमालेको सान्दर्भिकता समाप्त भएको भन्ने भाष्य खडा गर्न खोजिए पनि त्यो सम्भव नभएको बताएका हुन्।
‘नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो। यस्तो भाष्य खडा गर्न खोजिएको थियो। धुँवा खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जनसागर ओर्लिएको छ। म ढुक्कले भन्न सक्छु, लोकतन्त्र अजय छ, एमाले अजम्बरी छ,’ उनले भने।
उनले सल्लाघारीमा उपस्थित भएकाहरूलाई मात्रै एमाले नठान्न पनि चुनौती दिए। ‘यहाँ उपस्थित भएका महासागरको थोपा मात्रै हो। यो उपस्थिति गर्वको विषय हो’ उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ मंसिर २०८२, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनलाई बतासे अण्डाको संज्ञा दिँदै ओलीले भनेः देश जलाउने शक्तिबाट चल्ला निस्किँदैन
राज्य संयन्त्रबाट अपमानजनक व्यवहार भएको ओलीको आरोप
अराजक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याएरै छाड्ने ओलीको दाबी
ओलीले गरे झापा-५ बाट उम्मेदवारी दर्ता
देउवाले आधिकारिकता गुमाउँदा एमालेको चिन्ता, लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको ओलीको निष्कर्ष
२३-२४ भदौको घटनाबारे मानव अधिकार आयोगले लियो ओलीको बयान