काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी ओलीको प्रस्ताव पहिलो पटक रोकिएको छ । पार्टी सचिवालय बैठकमा ओलीले पदाधिकारी संख्या थप गर्ने र केन्द्रीय समितिको संख्यापनि थप गर्ने सुझाव आएको र त्यस अनुसार निर्णय गरेर जानुपर्ने अवस्था आएको भन्दै प्रस्ताव पेश गरेका थिए ।
एमालेको गत भदौंमा सम्पन्न भएको विधान महाधिवेशनले पार्टीको पदाधिकारी संख्या १९ बाट १५ मा झार्ने र केन्द्रीय समिति पनि ३०१ बाट २५१ मा झार्ने निर्णय गरेको थियो । तर ओली पक्षले आफु पक्षका नेताहरुको ब्यवस्थापन गर्न असहज भएपछि विधान संशोधन गरेर फेरि पदाधिकारी र केन्द्रीय समिति सदस्यहरुको संख्या थप गर्न चाहेको थियो ।
पोखरेल पक्षले केन्द्रीय समिति र पदाधिकारीको संख्या थप गरेर पहिलेकै विधानको ब्यवस्था अनुसार जाने हो भने पहिले रहेको ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारीणीको ब्यवस्था पनि कायम गरेरै जानुपर्ने मत राखेपछि ओली झस्किएका थिए ।
तर ओली इतर पक्षमा रहेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल समुहले त्यसमा आपत्ति जनाएपछि ओली पार्टीको बैठकमा पहिलो पटक रक्षात्मक बनेका थिए । साथै उनले आफनो प्रस्ताव अनुसार बैठकमा निर्णय गराउन सकेनन ।
पोखरेल पक्षले केन्द्रीय समिति र पदाधिकारीको संख्या थप गरेर पहिलेकै विधानको ब्यवस्था अनुसार जाने हो भने पहिले रहेको ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारीणीको ब्यवस्था पनि कायम गरेरै जानुपर्ने मत राखेपछि ओली झस्किएका थिए । त्यसपछि ओली आफनो प्रस्तावबाट पछि हटेका हुन् ।
ओलीले केन्द्रीय कमिटिले मनोनित गर्ने १०८ जना प्रतिनिधिका सवालमा पेश गरेको नामावलीमा पनि पोखरेल पक्षले असहमति जनाएको थियो । ओलीले २ सय जना जतिको नाम राखेर प्रस्ताव गरेका थिए । तर पोखरेल पक्षले असहमति जनाएपछि ओली र पोखरेल बसेर मात्र मनोनित प्रतिनिधिको नाम टुंग्गो लगाउने तयारी छ ।
त्यस्तै इश्वर पोखरेललाई आफनो दस्तावेज राख्न दिने र बोल्न समेत महाधिवेशन हलमा दिने निर्णय पनि सचिवालयले गरेको छ । पोखरेलले जेनजी विद्रोहको समीक्षा हुनुपर्ने लगायतका विषय समेटेर छलफलका लागि पार्टी कार्यलयमा अबधारणापत्र पेश गरेका थिए । त्यसलाई बन्दशत्रभित्र अध्ययनका लागि वितरण गर्न दिने, बोल्न दिने सम्मको निर्णय पार्टीको सचिवालय बैठकले गरेको छ ।
एमाले महाधिवेशन आजदेखि २९ मंसिरसम्म चल्दैछ । भक्तपुरको सल्लाघारीमा आज दिउँसो अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ मंसिर २०८२, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तालिका प्रभावित पार्ने संकेत देखिएको एमालेको निष्कर्ष
एमालेले थाल्यो आक्रामक चुनावी परिचालन निति
कास्कीमा नेकपा एसका नेताकार्यकर्ता एमालेमा समाहित
पूर्वमन्त्री जितेन्द्र देवले गरे एमाले परित्याग गरेको घोषणा
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना