एमालेमा ओलीकै प्रस्ताव रोकियो, मनोनित प्रतिनिधि पनि सहमतिमै चयन हुने

सफल खबर संवाददाता

शनिबार, २७ मंसिर २०८२, १० : ०२
एमालेमा ओलीकै प्रस्ताव रोकियो, मनोनित प्रतिनिधि पनि सहमतिमै चयन हुने

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी ओलीको प्रस्ताव पहिलो पटक रोकिएको छ । पार्टी सचिवालय बैठकमा ओलीले पदाधिकारी संख्या थप गर्ने र केन्द्रीय समितिको संख्यापनि थप गर्ने सुझाव आएको र त्यस अनुसार निर्णय गरेर जानुपर्ने अवस्था आएको भन्दै प्रस्ताव पेश गरेका थिए । 

एमालेको गत भदौंमा सम्पन्न भएको विधान महाधिवेशनले पार्टीको पदाधिकारी संख्या १९ बाट १५ मा झार्ने र केन्द्रीय समिति पनि ३०१ बाट २५१ मा झार्ने निर्णय गरेको थियो । तर ओली पक्षले आफु पक्षका नेताहरुको ब्यवस्थापन गर्न असहज भएपछि विधान संशोधन गरेर फेरि पदाधिकारी र केन्द्रीय समिति सदस्यहरुको संख्या थप गर्न चाहेको थियो । 

पोखरेल पक्षले केन्द्रीय समिति र पदाधिकारीको संख्या थप गरेर पहिलेकै विधानको ब्यवस्था अनुसार जाने हो भने पहिले रहेको ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारीणीको ब्यवस्था पनि कायम गरेरै जानुपर्ने मत राखेपछि ओली झस्किएका थिए । 

तर ओली इतर पक्षमा रहेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल समुहले त्यसमा आपत्ति जनाएपछि ओली पार्टीको बैठकमा पहिलो पटक रक्षात्मक बनेका थिए । साथै उनले आफनो प्रस्ताव अनुसार बैठकमा निर्णय गराउन सकेनन ।

पोखरेल पक्षले केन्द्रीय समिति र पदाधिकारीको संख्या थप गरेर पहिलेकै विधानको ब्यवस्था अनुसार जाने हो भने पहिले रहेको ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारीणीको ब्यवस्था पनि कायम गरेरै जानुपर्ने मत राखेपछि ओली झस्किएका थिए । त्यसपछि ओली आफनो प्रस्तावबाट पछि हटेका हुन् । 

ओलीले केन्द्रीय कमिटिले मनोनित गर्ने १०८ जना प्रतिनिधिका सवालमा पेश गरेको नामावलीमा पनि पोखरेल पक्षले असहमति जनाएको थियो । ओलीले २ सय जना जतिको नाम राखेर प्रस्ताव गरेका थिए । तर पोखरेल पक्षले असहमति जनाएपछि ओली र पोखरेल बसेर मात्र मनोनित प्रतिनिधिको नाम टुंग्गो लगाउने तयारी छ ।

त्यस्तै इश्वर पोखरेललाई आफनो दस्तावेज राख्न दिने र बोल्न समेत महाधिवेशन हलमा दिने निर्णय पनि सचिवालयले गरेको छ । पोखरेलले जेनजी विद्रोहको समीक्षा हुनुपर्ने लगायतका विषय समेटेर छलफलका लागि पार्टी कार्यलयमा अबधारणापत्र पेश गरेका थिए । त्यसलाई बन्दशत्रभित्र अध्ययनका लागि वितरण गर्न दिने, बोल्न दिने सम्मको निर्णय पार्टीको सचिवालय बैठकले गरेको छ । 

एमाले महाधिवेशन आजदेखि २९ मंसिरसम्म चल्दैछ । भक्तपुरको सल्लाघारीमा आज दिउँसो अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस