कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने परिपाटी स्थापित गर्नुपर्नेमा सुरेन्द्र पाण्डेको जोड

सफल खबर संवाददाता

शुक्रबार, २६ मंसिर २०८२, १४ : २९
कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने परिपाटी स्थापित गर्नुपर्नेमा सुरेन्द्र पाण्डेको जोड

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने परिपाटी स्थापित गर्ने हो भने एमालेलाई कसैले पनि परास्त गर्न नसक्ने दाबी गरेका छन् ।

ईश्वर पोखरेल पक्षधर युवाहरूको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले पछिल्ला वर्षहरूमा एमालेभित्र केही नेताले नाम पढेर वा सूचना टाँसेर कमिटी बनाउने प्रचलनले पार्टी कमजोर बन्दै गएको बताए ।

पाण्डेले भने,’आज पार्टी संरचना कब्जा गर्न खोज्ने र सूचना टाँसेर कमिटी बनाउने प्रचलन बढ्यो । कार्यकर्ताबीच काम गर्ने मान्छेलाई होइन नेताको वरिपरि घुम्नेहरूलाई नेतृत्वमा ल्याउने प्रथाले गर्दा योग्य र जनतामा स्थापित नेताहरू बाहिरिने अवस्था आउँछ ।’

उपाध्यक्ष पाण्डेले यो महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन, पुनर्गठन र संस्थागत परिपाटी विकास गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस