काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आज (मंसिर २६) युवा भेला गर्दै छ ।
थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा युवा भेला गर्न लागिएको पोखरेल समूहले जानकारी गराएको छ ।
पार्टी महाधिवेशन उद्घाटनको एक दिनअघि कार्यक्रम आयोजना गरिएको हो । पोखरेलले महाधिवेशनमा अध्यक्षमा उमेदवारी घोषणा गरिसकेका छन् । उनी अध्यक्षमा केपी शर्मा ओलीको प्रतिस्पर्धी बन्ने र त्यसनिम्ति आफ्नो पक्षमा माहोल सिर्जना गर्न लागिपरेका छन् ।
युवा भेला बिहान साढे ११ बजेदेखि सुरु हुने जनाइएको छ । एमालेको ११औँ महाधिवेशन यही मंसिर २७ (भोलि)देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ मंसिर २०८२, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘संविधान संशोधनका लागि मेरो उम्मेदवारी’ : ईश्वर पोखरेल
काठमाडौं-५ का मतदातासँग ईश्वर पोखरेलले मागे सुझाव
एमालेलाई कमजोर बनाउन र सिध्याउन अनेक षडयन्त्र भइरहेको छ: ईश्वर पोखरेल
काठमाडौं-५ बाट ईश्वर पोखरेल एकल सिफारिस
एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल
प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिनुहुन्न, विचार संगठनको मामलामा एक छौ: ईश्वर पोखरेल