काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आज (मंसिर २६) युवा भेला गर्दै छ ।
थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा युवा भेला गर्न लागिएको पोखरेल समूहले जानकारी गराएको छ ।
पार्टी महाधिवेशन उद्घाटनको एक दिनअघि कार्यक्रम आयोजना गरिएको हो । पोखरेलले महाधिवेशनमा अध्यक्षमा उमेदवारी घोषणा गरिसकेका छन् । उनी अध्यक्षमा केपी शर्मा ओलीको प्रतिस्पर्धी बन्ने र त्यसनिम्ति आफ्नो पक्षमा माहोल सिर्जना गर्न लागिपरेका छन् ।
युवा भेला बिहान साढे ११ बजेदेखि सुरु हुने जनाइएको छ । एमालेको ११औँ महाधिवेशन यही मंसिर २७ (भोलि)देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ मंसिर २०८२, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं-५ बाट ईश्वर पोखरेल एकल सिफारिस
एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल
प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिनुहुन्न, विचार संगठनको मामलामा एक छौ: ईश्वर पोखरेल
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
‘पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक’ : ईश्वर पोखरेल
जाँचबुझ आयोगले बोलाउँदा ओलीले अवज्ञा गर्नु राम्रो होइन: ईश्वर पोखरेल