नेकपा एमालेको सचिवालय बैठक भोलि दिउँसो आह्वान

सफल खबर संवाददाता

विहीबार, २५ मंसिर २०८२, १९ : ५६
नेकपा एमालेको सचिवालय बैठक भोलि दिउँसो आह्वान

काठमाडौँ । नेकपा एमालेले भोलि दिउँसो सचिवालय बैठक बोलाएको छ ।

च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले बताए । बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल गर्ने तयारी छ ।

स्रोतका अनुसार केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको संख्या बढाउन विधान संशोधन प्रस्ताव लगिदैछ । तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधरले भने विधान महाधिवेशनको निर्णय उल्ट्याउन नहुने अडान लिदै आएको छ ।

 

यसले सचिवालय बैठक पेचिलो बन्ने सम्भावना देखिएको छ । अझ पोखरेलले राखेको दस्तावेजमाथि छलफल नगर्ने संस्थापनको तयारीले पनि सचिवालय बैठकमा नेताहरुको चासो छ ।

प्रतिक्रिया दिनुहोस