महाधिवेशनबारे सम्पादकहरूसँग संवाद गर्दै ओली

सफल खबर संवाददाता

विहीबार, २५ मंसिर २०८२, ०८ : ०१
महाधिवेशनबारे सम्पादकहरूसँग संवाद गर्दै ओली

काठमाडौ । नेकपा (एमाले)का अध्यक्षले आज सम्पादकहरूसँग संवाद गर्दै छन् ।

ओलीले पार्टीको ११औँ महाधिवेशनका सन्दर्भमा सम्पादकहरूसँग संवाद गर्न लागेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार यो संवाद दिउँसो १ बजे कोटेश्वरस्थित होटल ए वान भेन्युमा हुनेछ ।

एमालेले यही २७–२९ मंसिरमा भक्तपुरको सल्लाघारीमा पार्टीको ११औँ महाधिवेशन गर्न लागेको छ । यसबारे नेताहरूले विभिन्न कार्यक्रम तथा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गरिरहेका बेला ओलीले सम्पादकहरूसँग छलफल गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस