चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित लाहुरेटोल क्षेत्रमा लागू औषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा गरिएको प्रहरी कारबाहीमा ब्राउन सुगरसहित ८ जनालाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मिति २०८२ साल बैशाख २२ गते साँझ करिब ६:३० बजे लागू औषध बिक्री–वितरण तथा ओसारपसार भइरहेको सूचनापछि खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट लागू औषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ४५२ ग्राम ६५ मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरी नियन्त्रणमा परेका व्यक्तिहरू भरतपुर महानगरपालिका तथा पश्चिमी चितवन क्षेत्रका विभिन्न वडामा बसोबास गर्ने १९ देखि ३६ वर्ष उमेर समूहका ८ जना रहेका छन्। उनीहरू लागू औषध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
पक्राउ परेकाहरू विरुद्ध लागू औषध सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ मंसिर २०८२, १७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा गाईको मासु काट्दै गरेका ६ जना नियन्त्रणमा
चितवन बाट फरार हीट एण्ड रन का चालक र सवारी साधन काठमाणडौं बाट नियन्त्रणमा
पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ
जेनजी भन्दै विभिन्न सरकारी कार्यालयमा गएर आतंक मच्चाउने अर्जुन शाही प्रकाउ परेका छन्
एक महिनामा अपराधका चार हजार मुद्दा दर्ता