काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा अझै पनि संकट टरिनसकेको बताएका छन् ।
काठमाडौँमा बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आयोजना गरेको जेन जेड महोत्सवमा संयोजक प्रचण्डले २३ र २४ भदौमा देश राज्यविहीन बनेर निकै ठूलो संकट आइपरे पनि अझै पनि संकट पूरै नटरेको बताएका हुन् ।
उनले भने, ‘देश जसरी २४ भदौमा राज्यविहीन जस्तो देखा पर्यो । राष्ट्र निकै ठूलो संकटमा पर्यो । अझै पनि संकट पूरै टरेको छैन । ठूला शक्ति केन्द्रहरूले पनि हाम्रो देशमाथि कुनै न कुनै खालको भूराजनीतिक चलखेल गरे ।’
उनले अगाडि भने, ‘हामी नेपालीहरू अहिले भर्खरै एटोमिक इनर्जी बनाएर मिसाइल टेस्ट गरेर विदेशी हस्तक्षेप रोक्न सक्ने स्थितिमा छैनौँ । त्यस्ता भट्टीहरू बनाउन सक्ने हैसियत नेपालको छैन । तर तीन करोड नेपाली एक ढिक्का भएर लडाइँको मैदानमा अगाडि बढ्न सक्ने तागत नेपालीसँग छ । त्यसलाई दुनियाँको कुनै तागतले हराउन सक्दैन । हाम्रो राष्ट्रको स्वाधीनता र स्वतन्त्रतालाई जनताको एकताले मात्रै बचाउन सक्दछ ।’
नेपाली कम्युनिस्ट पार्टी बनाउनुको उद्देश्य अरू लोकतन्त्रवादी शक्ति र बाँकी वामपन्थीलाई पनि मिलाएर लानुको रहेको उनको भनाइ छ ।
राष्ट्रको आत्मसम्मान, पहिचान र अधिकार सुदृढ गर्नका निम्ति एउटा नयाँ अभियान तिर जाने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी बनाइएको भन्दै संयोजक प्रचण्डले देशभरिका सबै देशभक्त नेपालीहरूबीच एकता कायम गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ मंसिर २०८२, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी