काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा अझै पनि संकट टरिनसकेको बताएका छन् ।
काठमाडौँमा बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आयोजना गरेको जेन जेड महोत्सवमा संयोजक प्रचण्डले २३ र २४ भदौमा देश राज्यविहीन बनेर निकै ठूलो संकट आइपरे पनि अझै पनि संकट पूरै नटरेको बताएका हुन् ।
उनले भने, ‘देश जसरी २४ भदौमा राज्यविहीन जस्तो देखा पर्यो । राष्ट्र निकै ठूलो संकटमा पर्यो । अझै पनि संकट पूरै टरेको छैन । ठूला शक्ति केन्द्रहरूले पनि हाम्रो देशमाथि कुनै न कुनै खालको भूराजनीतिक चलखेल गरे ।’
उनले अगाडि भने, ‘हामी नेपालीहरू अहिले भर्खरै एटोमिक इनर्जी बनाएर मिसाइल टेस्ट गरेर विदेशी हस्तक्षेप रोक्न सक्ने स्थितिमा छैनौँ । त्यस्ता भट्टीहरू बनाउन सक्ने हैसियत नेपालको छैन । तर तीन करोड नेपाली एक ढिक्का भएर लडाइँको मैदानमा अगाडि बढ्न सक्ने तागत नेपालीसँग छ । त्यसलाई दुनियाँको कुनै तागतले हराउन सक्दैन । हाम्रो राष्ट्रको स्वाधीनता र स्वतन्त्रतालाई जनताको एकताले मात्रै बचाउन सक्दछ ।’
नेपाली कम्युनिस्ट पार्टी बनाउनुको उद्देश्य अरू लोकतन्त्रवादी शक्ति र बाँकी वामपन्थीलाई पनि मिलाएर लानुको रहेको उनको भनाइ छ ।
राष्ट्रको आत्मसम्मान, पहिचान र अधिकार सुदृढ गर्नका निम्ति एउटा नयाँ अभियान तिर जाने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी बनाइएको भन्दै संयोजक प्रचण्डले देशभरिका सबै देशभक्त नेपालीहरूबीच एकता कायम गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ मंसिर २०८२, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म प्रधानमन्त्री बन्ने विषयमा केन्द्रित छैन : प्रचण्ड
रुकुम पूर्वलाई समाजवादी अभ्यासको आधार बनाउँछु: प्रचण्ड
राणाकालदेखि जेनजी आन्दोलनसम्मका सहिदलाई प्रचण्डको श्रद्धाञ्जली, भने– सपना अधुरै छ
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
हरिबोलसहित नेतृत्वको तत्काल आकस्मिक बैठक बोलाउन प्रचण्डसँग माग