काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाउँदा अध्यक्ष केपी शर्मा ओली बयान दिन जानुपर्ने बताएका छन् ।
बुधबार सम्पादकहरूसँगको अन्तरसंवादमा बोल्ने क्रममा उनले आफू ओलीको ठाउँमा भएको भए बोलाउनुभन्दा अघि नै गएर बयान दिने पनि उल्लेख गरे ।
सरकारले बनाएको आयोगसँग केही कुरामा असहमति भए पनि आफ्ना तथ्य प्रस्तुत गर्न भने जानुपर्ने उनको भनाइ थियो ।
‘सरकारले बनाएको आयोग, हाम्रा कतिपय कुरामा रिजर्भेसेन केही होलान् । तर आयोगले बोलाएको कुरा स्वभाविक हो । म चाहिँ भए अझै अगाडि गएर बयान दिन्थेँ । त्यसप्रति अवज्ञा गर्ने कुराले राम्रो गर्दैन ।’ पोखरेलले भने ।
पार्टीको एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित अन्तरसंवादका क्रममा उनले ओलीले आयोगले भनेको कुरा नमान्नुले राम्रो नगर्ने बताए ।
‘आयोगको अध्यक्ष जसलाई बनाइयो, तर उहाँले २३ र २४ गतेको आन्दोलनपछि एउटा मान्यताका आधारमा आफूलाई उभ्याउनुभयो, अब तीनै व्यक्ति आयोगका अध्यक्ष हुँदा निष्पक्ष कसरी हुन्छ भन्ने प्रश्न हो यो,’ उनले भने ।
पोखरेलले थप भनेका छन्, ‘तर, बयान दिन जाने, भन्न जाने, विचार भन्ने, तथ्य प्रस्तुत गर्ने कुरालाई अन्यथा लिन हुँदैन । हाम्रो अध्यक्ष पनि जानुहुन्छ भन्ने मलाई लाग्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ मंसिर २०८२, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ईश्वर पोखरेलले नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणा पत्र पार्टी कार्यालयमा बुझाए (पूर्णपाठ)
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै
‘संगठन र विधानबारे थप बहसको खाँचो’ : ईश्वर पोखरेल
लोकतान्त्रिक पद्धति र विधिको शासनप्रति अविचलित रहनू: ईश्वर पोखरेल
जबजमाथि पार्टीभित्रबाटै कटाक्ष र हमला भए : ईश्वर पोखरेल
नेतृत्व गर्न सक्रियता चाहिन्छ: ईश्वर पोखरेल