काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ११ औँ महाधिवेशनमा नीतिको बहस गर्नु सान्दर्भिक नहुने बताएका छन्।
नीति र नेतृत्वको निर्णय एउटै मञ्चबाट गर्दा नीतिगत बहस ओझेलमा पर्ने र नेतृत्वको पक्षधर ताले प्रभाव पार्ने विगतका अनुभवको निष्कर्षका आधारमा हामीले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनलाई अलग-अलग आयोजना गर्ने व्यवस्था गरेको उनको भनाइ छ।
उनले भनेका छन्, ‘तसर्थ, विधान महाधिवेशनका बेला नेतृत्वको र नेतृत्व चयन गर्ने महाधिवेशनका बेला नीतिको बहस गर्नु सान्दर्भिक हुँदैन । दुई महाधिवेशनका बिचमा राष्ट्रिय राजनीतिमा कुनै फेरबदल आयो र पार्टीका तात्कालिक नीतिहरूमा फेरबदल गर्नुपर्ने भयो भने त्यस्तो अख्तियारी महाधिवेशनले केन्द्रीय कमिटीलाई दिएकै हुन्छ । प्रत्येक घटनाबारे छलफल गर्न महाधिवेशनकै आयोजना गर्नु या त्यसको मञ्च प्रयोग गर्नु सम्भव र व्यवहारिक दुवै हुँदैन ।’
सातौँ महाधिवेशनले पारित गरेको ‘राजतन्त्रको पारदर्शिता र प्रजातान्त्रीकरण’ को निष्कर्ष माघ १९ को घटनाले असान्दर्भिक, व्यर्थ र गलत साबित गरिदिएको उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ मंसिर २०८२, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्ति सुरक्षाबारे कार्यबाहक प्रमुख निर्वाचन आयुक्तको गैरजिम्मेवार अभिव्यक्ति : प्रदीप ज्ञवाली
प्रदीप ज्ञवाली भन्छन् : 'एमालेका कारण अरू दललाई पनि ऊर्जा थपिएको छ'
राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्छ : प्रदीप ज्ञवाली
देशको राष्ट्रिय सुरक्षा खतरामा छ : प्रदीप ज्ञवाली
‘चुनावको तयारी र संसद् पुन:स्थापनाको मुद्दा सँगसँगै अगाडि बढाउँछौँ’: प्रदीप ज्ञवाली
विद्या भण्डारीको सदस्यता र जिम्मेवारीबारे अध्यक्षसँगको वार्तापछि संस्थागत निर्णय हुनेछ: प्रदीप ज्ञवाली