घरदैलोमा पुगेर एमालेले दिन थाल्यो महाधिवेशनको निम्तो

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०८२, ११ : १२
घरदैलोमा पुगेर एमालेले दिन थाल्यो महाधिवेशनको निम्तो

काठमाडौँ । नेकपा (एमाले)ले ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिन थालेको छ

 त्यसको औपचारिक सुरुवात उपमहासचिव प्रदीप ज्ञवालीले यो बुधबार बिहान काठमाडौँ–२ अन्तर्गत वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट गरेका हुन् ।

घरदैलोमा पुगेर निमन्त्रणा दिने कार्यको संयोजन पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले गरेका छन् । घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूका साथै वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायतका नेताहरू सहभागी भएका छन् ।

एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७ बाट काठमाडौँमा सुरु हुँदै छ । महाधिवेशनमा ३ लाख बढीको सहभागिता जुटाउने एमालेले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस