काठमाडौ । पन्ध्रौँ महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसले आज क्रियाशील सदस्यता केन्द्रीय व्यवस्थापन समितिको बैठक राख्दै छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक जुममार्फत अहिले बिहान ८ बजे सुरु हुनेछ। बैठकमा कांग्रेसका ७७ जिल्ला सभापति, कार्यवाहक सभापति, महामन्त्रीद्वय सहभागी हुनेछन्।
क्रियाशील सदस्यता केन्द्रीय व्यवस्थापन समिति महामन्त्री गगन थापाको संयोजकत्वमा छ।समितिमा केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, सीता गुरुङ, प्रकाश रसाइली सदस्य छन्।
कांग्रेसले आउने पुस २६-२८ पन्ध्रौँ महाधिवेशन गर्ने निर्णय गरेको छ। केन्द्रीय समितिले पारित गरेको महाधिवेशन कार्यतालिकामा पुस १२ गतेसम्म सबै तहबाट विवरण केन्द्रमा आइपुग्ने मिति राखिएको छ।
कांग्रेसलाई छोटो समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने दबाब छ। अधिकांश शीर्ष नेताका जिल्लामा क्रियाशील सदस्यताको विवाद समाधान हुन सकेको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ मंसिर २०८२, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति