काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीको महाधिवेशनमा लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व छान्ने प्रक्रियालाई पार्टी विरोधी भन्नु र निर्वाचनको परिणामपछि पार्टी छाडेर जान्छन् भन्ने विषयमा कुनै सत्यता नभएको बताएका छन् ।
उनले एमालेमा आफूहरूको नेतृत्व जितेर आएपछि नेकपालाई पनि ल्याउने भन्दै कम्युनिष्ट एकता अघि बढाउने बताए ।
काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा पाण्डेले भने, ‘एमाले हामीले जीवन बिताएको पार्टी हो, पार्टीभित्रका कमजोरीबारे बहस गर्छौँ, छलफल गर्छौँ, महाधिवेशनमा नेतृत्व फेर्ने लोकतान्त्रिक विधिलाई प्रयोग गर्छौँ त्यो हाम्रो अधिकारको विषय हो । तर, हामीले भएको भएन भने कतै जाँदैनौँ, यसैलाई सुधारेर बस्ने हो, यस्ता संकट पार्टी जीवनमा सधैँ आइरहन्छन् ।’
आफूहरू जित्नका लागि अघि सरेको भन्दै उनले पार्टीमा के छ भन्ने सूचनासहित चुनौतीको सामना गर्न तयार रहेको जिकिर गरे ।
नेता पाण्डेले अहिले पनि अध्यक्ष केपी ओलीलाई र पार्टीलाई अनावश्यक आरोप लगाउनेहरू विरुद्ध प्रतिवाद गर्ने र ओलीबाट भएका कमजोरीबारे आलोचना गर्ने, सुधार्ने नै गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ मंसिर २०८२, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वमाथि संकट आइलाग्यो भन्ने नाममा ‘वाम एकता’को दौडधुप गर्ने बेला होईन : सुरेन्द्र पाण्डे
सीमित व्यक्तिको स्वार्थपूर्तिका फेरि वाम एकता ? : सुरेन्द्र पाण्डे
एमाले उपाध्यक्ष बादलमाथि सुरेन्द्र पाण्डेको कटाक्ष: 'षड्यन्त्रको कथा बुनेर आफ्नो कमजोरी नलुकाऔँ'
पार्टी पहिलेकै लयमा फर्कने कुरामा विश्वस्त छु : सुरेन्द्र पाण्डे
एमालेको कार्यशैली जनताले अस्वीकार गरिसके: सुरेन्द्र पाण्डे
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको सुझाव