काठमाडौं । नेकपा (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था गरेको छ ।
सम्पर्क समन्वय कमिटीले बस्न र खाना समस्या हुने प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा भए पनि बासको प्रबन्ध गरेको जनाएको छ । कमिटीका सचिव आरसी लामिछानेले टाढाबाट आउने प्रतिनिधिलाई बस्न र खानाका समस्या भएमा नेता तथा कार्यकर्ताको घरमा राख्ने व्यवस्था मिलाइएको बताए ।
“यसपटक प्रतिनिधिलाई महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था मिलाएको छैन । तर, हामीले प्रतिनिधिलाई काठमाडौंमा बस्न समस्या नहोस् भनेर नेता तथा कार्यकर्ताको घर र कोठामा राख्ने व्यवस्था मिलाएका छौँ,” उनले भने, "अहिले हामीले प्रदेशगत रूपमा काठमाडौंमा बस्न समस्या हुने प्रतिनिधिको विवरण संकलन गरिरहेका छौँ ।”
महाधिवेशनमा करिब २ हजार २०० प्रतिनिधि सहभागी हुनेछन् । यसपटक पार्टीले आवासको व्यवस्था नगरेकाले प्रतिनिधि शुल्क पनि ३ हजार र २ हजार मात्र तोकेको छ । महाधिवेशनका आयोजक प्रतिनिधिलाई ३ हजार रुपियाँ र निर्वाचित भएर आउने प्रतिनिधिलाई २ हजार शुल्क तोकेको हो ।
एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ मंसिर २०८२, ०७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनका शहीद परिवार संगठित भएकोमा एमाले अध्यक्ष ओलीको आपत्ती
एमालेको महाधिवेशन प्रचार समिति ओलीको कब्जामा, पोखरेल पक्षलाई पुरै निषेध
एमालेले महाधिवेशन उद्घाटनमा तीन लाख मान्छे उतार्ने !
एमाले महाधिवेशन : १५ जिल्लामा प्रतिनिधि छनौटमा धाँधली भएको पोखरेल पक्षको आरोप
केन्द्रीय कमिटीमा १० प्रतिशत युवा सुनिश्चित गर्ने एमालेको तयारी
ओलीको सहजताका लागि एमालेले फेरि विधान संशोधन गर्ने