चितवन । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि चितवनमा सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएका छन्।
शनिबार साँझ चितवनको ३ वटै क्षेत्रबाट २५ जना प्रतिनिधि सर्वसम्मत रुपमाछनोट गरिएको एमाले चितवनले जनाएको छ।
चितवन क्षेत्र नम्वर १ बाट खुल्लातर्फ कमलराज पाठक, यादवप्रसाद पाठक, गोविन्द प्रसाद कँडेल र जगन्नाथ आचार्य चयन भएका छन्। यस्तै महिलातर्फ चन्द्रादेवी तामाङ, शान्ति चौधरी र विमला दुवाडी प्रतिनिधि चयन भएका हुन् भने युवातर्फ उत्तम सेढाई प्रतिनिधि चयन भएका छन्।
यस्तै चितवन क्षेत्र नम्वर २ बाट खुल्लातर्फ डा.तिलचन्द्र भट्टराई, तेजेन्द्र खड्का, शंकर अधिकारी, केशव लामा र पदमपाणि सुवेदी तथा महिला तर्फ बिमला लामा, इच्छा त्रिपाठी र गीता श्रेष्ठ प्रतिनिधि चयन भएका छन् भने युवा तर्फ प्रकाश आचार्य प्रतिनिधि चयन भएका छन्।
क्षेत्र नम्बर ३ मा खुल्लातर्फ रामप्रसाद न्यौपाने, प्रकाश ढुंगाना र कृष्णप्रसाद भुर्तेल, महिलातर्फ सरस्वती बिष्ट र निशा अधिकारी, श्यामलाल बिक तथा युवातर्फ प्रकाश भट्ट प्रतिनिधि छनोट भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ मंसिर २०८२, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
चितवन जिल्ला प्रशासनद्वारा राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा सुरु
चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी