काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको प्रस्ट पारेकी छन् ।
उनले शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सवैमा अनुरोध समेत गरेकी छन् । लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा आफूले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएको भन्दै प्रधानमन्त्रीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आशय र नियत नभएको बताएकी हुन् ।
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भनेको छ, ‘सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ । शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ ।’
मङ्सिर ९ गते आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले मुसलमानहरूको प्रवृत्ति–व्यवहार अन्यायपूर्ण देखिएको बताएकी थिइन् । उनले उक्त समुदायमा जिउँदै लगेर महिलालाई गाड्ने, तान्ने, कतिपय मुस्लिम देशमा महिलालाई आजादी नदिने, पढ्न नदिने पनि देखिएको बताएकी थिइन् ।
‘पहिलेको अरेबियनकालका मुस्लिम देशहरू हेर्नुहुन्छ भने सुडान इजिप्टमा महिलाहरू डाक्टर भएका पनि छन्, महिलाहरू सम्पत्तिमा बलिया । हिन्दु धर्ममा पनि त्यही भन्छ । पहिले एकदमै आजादी थियो’, प्रधानमन्त्री कार्कीको भनाइ थियो ।
उनले धर्मले महिलालाई सताऊ, पीडा देऊ नभनेको बताएकी थिइन् । तर प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको आलोचना भएको थियो । त्यसपछि प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति र आशयबारे प्रस्ट पारेकी हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ मंसिर २०८२, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ: प्रधानमन्त्री कार्की
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, निर्वाचनमा ढुक्कसँग सहभागी हुनुस् : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएका छन् : प्रधानमन्त्री कार्की