काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरूका मागका विषयमा प्रधानमन्त्रीसँग वार्ता गर्ने तयारी भइरहेको बताएका छन् ।
शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले शुक्रबार गृहमन्त्रीसँग भएको भेटका क्रममा आफ्ना मागका बारेमा स्पष्ट रूपमा जानकारी गराएको भन्दै छिट्टै प्रधानमन्त्रीसँग वार्ता गर्ने तय भएको बताए । उनले अभियानले अघि सारेका मागहरू आफ्नो व्यक्तिगत नभइ जनताको माग भएकाले सरकारले गम्भीर रूपमा लिएको जानकारी दिए ।
प्रसाईंले साना तथा ठूला व्यवसायीलाई बैंकको कालोसूचीबाट हटाउनुपर्ने, भूमिहीन सुकुम्बासी र कवाड व्यवसायीहरूलाई दीर्घकालीन विकल्प नदिएसम्म डोजर चलाउन नपाइने माग राखेका छन् ।
उनले सेना, प्रहरी र निजामती कर्मचारीको तलव बृद्धि गर्नुपर्ने, हिन्दु अधिराज्य, प्रदेश खारेजी र राजसंस्थाको विषयमा जनमत संग्रह गर्नुपर्नेलगायत मागबारे जानकारी गराइएको बताए ।
प्रसाईंले आफूहरूको माग पूरा नभए फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुन नसक्ने दाबी गरे । प्रसाईंले आफूहरू आन्दोलनबाट नभागेको भन्दै सरकारले आफ्ना मागप्रति गम्भीरता नदेखाए सशक्त आन्दोलनको बाटो रोज्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ मंसिर २०८२, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
घण्टीमा भोट हाल्नेहरू एक महिनामै लुक्न थाले : दुर्गा प्रसाईँ