काठमाडौँ। नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा. भीम रावल प्रचण्ड-माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निश्चित भएको छ ।
विभिन्न तहका नेताहरूसँगको चरणबद्ध छलफलपछि भीम रावलको मातृभूमि जागरण अभियान नेपाली कम्युनिस्ट पार्टीसँग समाहित हुने भएको नेकपाका युवा नेता सुदेश पराजुलीले पुष्टि गरे । उनीसहितका युवा नेताहरू मोहन गौतम, जीवन राईलगायतले पनि रावलसँग भेट गरेका थिए ।
रावलको मातृभूमि जागरण अभियान र नेकपाबीच यसै साता एक औपचारिक कार्यक्रम गरेर एकता हुने भएको छ । रावल पक्षबाट केही नेताले केन्द्रीय कमिटीलगायतका विभिन्न तहमा जिम्मेवारी पाउने पनि सहमति भएको छ ।
रावलको पक्षबाट केन्द्रीय कमिटी, राजनीतिक समितिलगायतका संरचनामा सुदूरपश्चिमका पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्व प्रदेश सभा सदस्य हर्क कुँवर,अछामका प्रकाश शाह, दूधकला विष्टलगायत एक दर्जन बढीको नाम सिफारिस गरिँदै छ ।
नेता रावललाई नेकपाको हाइ कमाण्ड अर्थात् केन्द्रीय कार्यालयमा राखिने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ कार्तिक २०८२, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
‘कुलिङ अफ पिरियड’ छानबिन प्रतिवेदनलाई भीम रावलले भने: ‘ढाकछोप प्रतिवेदन’