काठमाडौं । महाधिवेशनको किचलोमा फसिरहेको नेपाली कांग्रेसमा सभापति शेरवहादुर देउवाले चुनाव अगाडी महाधिवेशन गर्ने संकेत गरेका छन् । विशेष महाधिवेशनले पार्टी विभाजन हुनसक्ने र त्यस्तो विभाजन आफुले देख्न नसक्ने भन्दै सभापति देउवाले पार्टीभित्रको किचलो अब लम्बाउन नहुने धारणा राखेका छन् ।
बिहिबार आफुनिकट नेताहरुलाई देउवाले अव निर्णायक कदम उठाउने बेला भएको र विवाद लम्बाएर जान नहुने धारणा राखेको एक नेताले बताए । महामन्त्रीद्दय पुस मसान्तभित्रै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गरेरै जानुपर्ने अडानमा रहेको र सस्थापन निकटका नेताहरु खासगरी विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला चुनाव पछि मात्र महाधिवेशन गर्नुपर्नेमा उभिएपछि कांग्रेसमा संर्घष पेचिलो बनिरहेको छ ।
दुवै पक्ष अडानमा टसमस नहुने र विशेष महाधिवेशनमा गए पार्टी विभाजन हुनसक्ने खतरा सभापति देउवाले देखिरहेका छन् । सोही कारण उनी अब पुस मसान्तदेखि माघ दोस्रो साताभित्र नियमित महाधिवेशन गरेर जानेमा लचिलो देखिएका छन् । तर नेताहरु कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिले देउवालाई चुनाव अगाडी महाधिवेशन गर्ने नहुनेमा दवाव बढाईरहेका छन् । बिहिबार देउवासँगको छलफलमा पनि निधि र सिटौलाले त्यस्तै दवाव बढाएका थिए ।
‘सभापतिले संकटको बेला छ । पार्टीमा यस्तै किचलो बढिरहने हो भने पार्टी विभाजन हुनसक्छ । आफुले अब छोडने बेला पार्टी विभाजन हेर्न सक्दिन । सबै मिलौँ, महाधिवेशनमा जाऔँ र पार्टी बचाऔँ भन्नुभयो । यसको लागि पुस मसान्तभित्र महाधिवेशनको कार्यतालिकामा सहमति गरौं, यो कुरामा सहमति गरिदिनुस् भनेर सभापतिले आफुलाई सहयोग गदैं आउनुभएका नेताहरुसँग विशेष आग्रह गर्नुभयो,’ बिहिबार देउवासँगको छलफलमा सहभागी भएका कांग्रेस संस्थापन पक्षका एक नेताले सफलखबरसँग भने, ‘तर विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले मान्नुभएन । चुनाव अगाडी महाधिवेशन गर्न सकिदैन, त्यसरी जाँदापनि पार्टी अपठ्यारोमा पर्छ भन्नुभयो । निधि र सिटौलालाई डा. शशांक कोइराला र डा. प्रकाशशरण महतले पनि साथ दिनुभयो।’
कांग्रेसको विवाद वल्झिरहँदा सस्थापनपक्ष नै दुई धुव्रमा विमाजित छ । निधि, सिटौला, शंसाक र प्रकाशशरण महत एउटा धुव्रतिर तथा पूर्णवहादुर खड्का, रमेश लेखक, रमेश रिजाल, मीन विश्वकर्मा, उमेश श्रेष्ठ लगायत नेताहरु अर्काे धुव्रतिर देखिएका छन् ।
खड्का, लेखकहरुले माघ दोस्रो सातासम्म भएपनि महाधिवेशन गरेर जाने प्रस्तावमा देउवालाई करिव सहमतिमा ल्याएका थिए । तर निधि र सिटौलाले देउवालाई अठ्याएका कारण देउवा अप्ठ्यारोमा परेका छन् ।
पुस मसान्तभित्र महाधिवेशनको कार्यतालिकामा सहमति गरौं, यो कुरामा सहमति गरिदिनुस् भनेर सभापतिले आफुलाई सहयोग गदैं आउनुभएका नेताहरुसँग विशेष आग्रह गर्नुभयो,’ बिहिबार देउवासँगको छलफलमा सहभागी भएका कांग्रेस संस्थापन पक्षका एक नेताले सफलखबरसँग भने, ‘तर विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले मान्नुभएन । चुनाव अगाडी महाधिवेशन गर्न सकिदैन, त्यसरी जाँदापनि पार्टी अपठ्यारोमा पर्छ भन्नुभयो ।
उनीमाथी अहिले विवाद मिलाउन नचाहेको र फेरि सक्रिय हुन खोजेको आरोप महामन्त्रीद्दयले लगाउन थालेकोमा पनि देउवाको गुनासो देखिएको छ । ‘रमेश लेखकले पुसमा कार्यतालिका ल्याउने र विशेष महाधिवेशनको लागि गरिएको हस्ताक्षर फिर्ता लिने कुरामा महामन्त्रीद्दयसँग सहमति हुन लागेको कुरा राखिरहनु भएको छ, सभापतिसँगको छलफलमा पनि कुरा मिलेको छैन । हामीले त्यसो गर्न हुादैन भन्ने मत नै राखिरहेका छौं, कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सफलखबरसँग भने, ’हामीले कुनै निर्णय दिएका छैनौँ । हाम्रो कुरा मिलेको छैन । सिटौलाजी, मैले, शशांक र प्रकाशशरण महतजीले निर्वाचनपूर्व महाधिवेशनमा जान हुँदैन भनेर अडान राखिरहेकै छौं ।’
कांग्रेसले २८ असोजदेखि यही विषयमा गोलचक्कर लगाईरहेको छ । यही विषयले पार्टी बैठक समेत प्रभावित भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ मंसिर २०८२, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज बस्ने भनेको कांग्रेस बैठक फेरि सर्यो
कांग्रेस महामन्त्रीसँग संस्थापन पक्षको यस्ता छन् ४ बुँदे माग
कांग्रेसले विश्वकै लामो बैठक बस्दा पनि निष्कर्ष निकालेन: गुरुराज घिमिरे
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला गर्दै
कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भोलि विशेष भेला
कांग्रेसले गर्यो दल दर्ता