काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ । हिजो यो मुद्दाको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा यो मुद्दाको सुनुवाई भइरहेको छ ।
मधेस प्रदेशको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध अदालतमा दर्ता भएको थियो ।
यसअघि रकी यादवसहितको रिटमा सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ मंसिर २०८२, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसी दलहरुको एकता समझदारी, तर अझै टुंग्गिएन पार्टी नाम, चुनाव चिन्ह्र र नेतृत्व
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित
सर्वोच्चको परमादेशपछि मधेसमा राजनीतिक हलचल
मधेसका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि सर्वोच्चमा आज पूर्ण सुनुवाइ हुँदै
मधेस प्रदेश सरकार गठनविरुद्ध आज पनि ७ दलको धर्ना