काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत कैलालीको धनगढीतिर लागेका छन् । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि साथमा लिएर उनी जहाजमा धनगढीतिर लागेका हुन् ।
उनी धनगढी आउने थाहा पाएपछि युवाहरूको एउटा समूह प्रदर्शनमा उत्रिएको छ । जेन-जी युवाहरूको एउटा समूह धनगढीको डिभोटी होटल आसपासको सडकमा प्रदर्शनमा उत्रिएपछि बाक्लो संख्यामा प्रहरी तैनाथ गरएको छ।
उनीहरू धनगढी बजार क्षेत्रको सडकमा प्लेकार्डसहित बस्नेतविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।
जेन-जी आन्दोलनपछि सबैभन्दा पहिले एमालेको तर्फबाट बोलेर सडकमा उत्रिने उनै बस्नेत हुन् ।
बस्नेत यसबीचमा कोशीसहितका प्रदेशमा पुगिसकेका छन् । विरोधको सामना गर्दै उनले एमाले र युवा संघलाई चलायमान बनाउने अभियान चलाएका छन् ।
देशका विभिन्न भूभागमा उनी पुगिरहँदा विरोध पनि भइरहेको छ। उनको विरोधका नाममा बाराको सिमरामा हिंसात्मक झडप नै भएको छ। उता विराटनगरमा पनि उनी सवार गाडीमा जेन-जीका नाममा कांग्रेसनिकट युवाहरूले रातो रंग हानेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०८२, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमान न घरको न घाटको भए, अब पालो बालेनको : महेश बस्नेत
एमाले एक्लैको बहुमत आउँछ: महेश बस्नेत
भक्तपुर क्षेत्र नं २ बाट महेश बस्नेत उम्मेदवार सिफारिस
महेश बस्नेतको प्रश्न- भदौ २४ को घटनामा भएका क्षतिबारे सरकारले के योजना बनाएको छ ?
नेविसंघका जिल्ला नेताले गरेका थिए महेश बस्नेतलाई आक्रमण प्रयास
विरोध र आलोचना स्वीकार्य छ, हिंसात्मक हर्कत आपत्तिजनक : महेश बस्नेत