काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत कैलालीको धनगढीतिर लागेका छन् । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि साथमा लिएर उनी जहाजमा धनगढीतिर लागेका हुन् ।
उनी धनगढी आउने थाहा पाएपछि युवाहरूको एउटा समूह प्रदर्शनमा उत्रिएको छ । जेन-जी युवाहरूको एउटा समूह धनगढीको डिभोटी होटल आसपासको सडकमा प्रदर्शनमा उत्रिएपछि बाक्लो संख्यामा प्रहरी तैनाथ गरएको छ।
उनीहरू धनगढी बजार क्षेत्रको सडकमा प्लेकार्डसहित बस्नेतविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।
जेन-जी आन्दोलनपछि सबैभन्दा पहिले एमालेको तर्फबाट बोलेर सडकमा उत्रिने उनै बस्नेत हुन् ।
बस्नेत यसबीचमा कोशीसहितका प्रदेशमा पुगिसकेका छन् । विरोधको सामना गर्दै उनले एमाले र युवा संघलाई चलायमान बनाउने अभियान चलाएका छन् ।
देशका विभिन्न भूभागमा उनी पुगिरहँदा विरोध पनि भइरहेको छ। उनको विरोधका नाममा बाराको सिमरामा हिंसात्मक झडप नै भएको छ। उता विराटनगरमा पनि उनी सवार गाडीमा जेन-जीका नाममा कांग्रेसनिकट युवाहरूले रातो रंग हानेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०८२, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्तमान सरकार अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको महेश बस्नेतको आरोप
सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
कार्की आयोगको प्रतिवेदनबारे सरकारको निर्णय कुटिल र षडयन्त्रपूर्ण : महेश बस्नेत
कार्की आयोगको प्रतिवेदन आग्रहपूर्ण र षड्यन्त्रपूर्ण छ : महेश बस्नेत
परिणाम अनुकूल भएन, जनताको निर्णय सर्वोपरि : महेश बस्नेत
‘बुथबाट मतपेटिका लैजाँदा दलको प्रतिनिधि सहभागी नगराउने कुरा स्वीकार्य हुँदैन’: महेश बस्नेत