नवलपरासी । जिल्लाको हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको कुटपिटबाट मृत्यु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले बाबुलाई निर्घात कुटपिट गर्दा उनको मृत्यु भएकाे हाे ।
घरायसी विवादमा छोराले गएराति बुबालाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएकाे हाे ।
अभियुक्तलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०८२, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
कुटपिटबाट एकजनाको मृत्यु, एक घाइते
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु