काठमाडौं । जेनजी प्रदर्शनमा एटीएम तोडफोडमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ घर भएर भक्तपुरको थिमी बस्ने २९ वर्षीय बुद्धिमान तामाङ छन् ।
उनले जेनजी आन्दोलन हुँदा प्रहरी वृत्त थिमीसँगै रहेको राष्ट्रिय वाणिज्य बैंकको एटीएम तोडफोड गरेको अनुसन्धानबाट थाहा भएको भक्तपुरका एसपी सूर्यबहादुर खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार उनले भदौ २४ मा प्रहरी वृत्त थिमीमा आगजनी भएपछि एटीएम तोडफोड गरेका हुन् । प्रहरी वृत्त थिमीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०८२, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ