काठमाडौं । जेनजी प्रदर्शनमा एटीएम तोडफोडमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ घर भएर भक्तपुरको थिमी बस्ने २९ वर्षीय बुद्धिमान तामाङ छन् ।
उनले जेनजी आन्दोलन हुँदा प्रहरी वृत्त थिमीसँगै रहेको राष्ट्रिय वाणिज्य बैंकको एटीएम तोडफोड गरेको अनुसन्धानबाट थाहा भएको भक्तपुरका एसपी सूर्यबहादुर खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार उनले भदौ २४ मा प्रहरी वृत्त थिमीमा आगजनी भएपछि एटीएम तोडफोड गरेका हुन् । प्रहरी वृत्त थिमीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०८२, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ