काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको सक्रियताका कारण अन्य राजनीतिक दलहरूमा पनि ऊर्जा थपिएको बताएका छन् । सोमबार (मंसिर ८) बसेको जनपरिचालन समितिको बैठकलाई सम्बोधन गर्दै उनले जति राजनीतिक गतिविधि बढ्छन्, त्यति नै अराजकता घट्ने बताए ।
मुलुकमा हाल देश बनाउने शक्ति र देश जलाउने प्रवृत्तिबीच ध्रुवीकरण भएको ज्ञवालीको भनाइ छ । "एमालेका कारण अरू दललाई पनि ऊर्जा थपिएको छ । एमालेलाई जस दिनु र नदिनु फरक कुरा हो । जति राजनीतिक गतिविधि बढ्छन्, त्यति देशमा अराजकता घट्छ । एमाले फेरि लयमा फर्किएको छ," उनले भने ।
बैठकमा बागमती प्रदेश इन्चार्ज तथा जनपरिचालन समितिका सचिव डा. राजन भट्टराईले भदौ २७ गते हुने महाधिवेशनको उद्घाटन सत्र तथा सभालाई ऐतिहासिक बनाउने तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए । उनका अनुसार, आजको बैठकले पालिका र वडा तहसम्म व्यापक जनसहभागिता सुनिश्चित गर्ने उद्देश्यले विस्तृत जनपरिचालन कार्ययोजना पारित गरेको छ ।
एमालेले महाधिवेशनको उद्घाटन सत्रलाई सफल बनाउन आगामी दिनहरूमा जनपरिचालन अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ मंसिर २०८२, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'कांग्रेस विशेष महाधिवेशनमा भदौ २४ को विध्वंशप्रति रहस्यमय मौनता देखियो' : प्रदीप ज्ञवाली
कांग्रेसको आन्तरिक विवादप्रति एमाले नेता प्रदीप ज्ञवालीले किन देखाए चासो ?
'एकताको प्रयासमा रहेकाहरूको विचार मिलेको हो कि स्वार्थ भन्ने संशय' : प्रदीप ज्ञवाली
प्रदीप ज्ञवालीको छुट्टै भेलाप्रति असन्तुष्टि, पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति आश्चर्य
प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी
मतदान प्रक्रियाले पार्टीको आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण सन्देश : प्रदीप ज्ञवाली