काठमाडौं । नेकपा एमालकेा नेता महेश बस्नेतलाई विराटनगर विमानस्थलमा आइतबार बिहान रातो मसी फ्याँकेर आक्रमण प्रयास गर्ने युवाहरू नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका सदस्यहरू रहेको खुलेको छ ।
विराटनगर विमानस्थलबाट उत्रिएर युवा संघको कोशी प्रदेशस्तरीय भेलामा भाग लिन सुनसरीको इटहरीतर्फ जाने क्रममा बस्नेत सवार गाडीमा बेलुनमा भरेर रातो मासी हान्ने दुवैजना युवा नेपाल विद्यार्थी संघका स्थानीय नेता भएको खुलेको हो ।
बस्नेतले आफूमाथि आक्रमण गर्नेहरू नेविसंघको महेन्द्र मोरङ क्याम्पसका इकाइ सभापति सञ्जोग गौतम र सदस्य अर्पित कुँवर रहेका खुलेको बताएका छन् । उनले आफूलाई आक्रमण गर्ने दुवैजना नेविसंघ कार्यकर्ता रहेको जानकारी कांग्रेसकै नेताहरूबाट प्राप्त भएको खुलाएका छन् ।
विराटनगरविमानस्थल हुँदै सुनसरीको इटहरी जाने क्रममा विमानस्थल अगाडि दुई जनाको समूहले बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार गरेको थियो । मसी प्रहार गर्ने विराटनगर १ का सन्जोग गौतम र विराटनगर २ का अर्पित कुँवरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
बस्नेत सवार गाडीमा रातो मसी हान्ने गौतम नेपाल विद्यार्थी संघ मोरङ जिल्ला कमिटीका सदस्यसमेत रहेको खुलेको छ। गौतमलाई डा. शेखर कोइराला र गगन थापा समूहले महेन्द्र मोरङ क्याम्पसको नेविसंघ इकाइ सभापति बनाएका थिए ।
यी दुवैजनालाई एमाले कार्यकर्ताहरूको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ मंसिर २०८२, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विरोध र आलोचना स्वीकार्य छ, हिंसात्मक हर्कत आपत्तिजनक : महेश बस्नेत
एमाले नेता महेश बस्नेत सवार गाडीमा रातो छ्यापियो
‘नेसनल भोलेन्टियर फोर्स’ पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन : महेश बस्नेत
सिमरा जान रोकिएपछि महेश बस्नेतको आरोप : ‘जेन जेडको नाममा विभिन्न दलले अराजक भिड उतारे’
‘केपी ओलीको विकल्प खोज्नु राजनीतिक अपराध’ : महेश बस्नेत
जेन जेडहरु आफ्नै अगाडि गृहमन्त्रीलाई फोन गरेर गाली दिने गरेको महेश बस्नेतको दाबी