काठमाडौँ । एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाहरूले रातो रङ छ्यापेका छन् । बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाने क्रममा युवाहरूले उनी सवार गाडी रोकेर रातो रङ छ्यापेका हुन् ।
बस्नेतले विराटनगरबाट सुनसरी जाने क्रममा २ जना युवाहरूले आफूहरू चढेको गाडीमा बेलुनमा रङ भरेर छ्यापेको जनाए ।
यसैबिच जेनजी अगुवा भावना राउतले महेश बस्नेत विराटनगर पुग्दा एक १७ वर्षे युवाले उनको गाडीमा रातो रङ्ग फ्याकेको बताएकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे लेखेकी छन् । ‘महेश बस्नेत विराटनगर जाँदै गर्दा एक १७ वर्षे युवाले उनको गाडीमा रातो रङ्ग फ्याकेका छन्। युवाको बुझाइ स्पष्ट छ सहिदलाई ‘आतंककारी’ मान्ने को हातमा नै रगत छ’, राउतले लेखेकी छन्, ‘राज्यले यस्तो भड्किलो अभिव्यक्ति रोक्न सकेन, न्याय दिन सकेन, जिम्मेवारी लिन सकेन भने त्यो नै आजको आक्रोश को मूल कारण बन्नेछ ।’
सरकारले गर्न सकेन भनेर युवाले सडक तताउने दिन कम्तीमा नागरिक सरकार भएको बेला आउन नहुने उनले बताइन् ।
केही दिनअघि बस्नेत सिमरा जान खोज्दा समेत अवरोध भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ मंसिर २०८२, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले एक्लैको बहुमत आउँछ: महेश बस्नेत
भक्तपुर क्षेत्र नं २ बाट महेश बस्नेत उम्मेदवार सिफारिस
महेश बस्नेतको प्रश्न- भदौ २४ को घटनामा भएका क्षतिबारे सरकारले के योजना बनाएको छ ?
धनगढीमा एमाले नेता महेश बस्नेतविरूद्ध प्रदर्शन
नेविसंघका जिल्ला नेताले गरेका थिए महेश बस्नेतलाई आक्रमण प्रयास
विरोध र आलोचना स्वीकार्य छ, हिंसात्मक हर्कत आपत्तिजनक : महेश बस्नेत