काठमाडौ । दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले भोलिदेखि गर्ने भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिएको छ।
शनिबार बालुवाटारमा सरकार र अभियानका प्रतिनिधिबीच भएको वार्तापछि उक्त सहमति भएको हो।
वार्तामा महाअभियानले प्रस्तुत गरेका २७ बुुँदे मागबारे विस्तृत छलफल गर्दै समाधानका लागि निरन्तर संवाद अघि बढाउने सहमति दुवै पक्षबीच बनेको छ।
अभियानले वार्तामा हालको शान्ति–सुरक्षा स्थिति तथा नागरिक चासोलाई पहिलो प्राथमिकतामा राख्दै महाअभियानले उठाएका मुद्दाहरू सम्बोधन गर्न सरकार निरन्तर वार्ता, छलफल र सहजीकरण प्रक्रियामा रहने प्रतिबद्धता जनाइएको सहमति पत्रमा उल्लेख गरिएको छ।
वार्तामा महाअभियानतर्फबाट सचिव प्रेमदीप लिम्बुको नेतृत्वमा अधिवक्ता विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाई सहभागी थिए।
सरकारतर्फ गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल तथा सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ मंसिर २०८२, ०६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
दुर्गा प्रसाईँ पाँच दिन हिरासतमा रहने
फेरि पक्राउ परे दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई पक्राउ गर्न उनको निवासमा पुग्यो प्रहरी
‘राजपरिवारका सदस्यहरू स्वयम् सडकमा उत्रिने तयारीमा छन्’ : दुर्गा प्रसाईं
दुर्गा प्रसाईँ सर्वोच्चको आदेशपछि रिहा