काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा ४ दिन म्याद थप भएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
अब कम्तिमा पनि ४ दिन प्रसाईं प्रहरी हिरासत रहनेछन् । प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए । सोही अनुसार तयारी पनि तीव्र पारेका थिए । तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाईंलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ मंसिर २०८२, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
घण्टीमा भोट हाल्नेहरू एक महिनामै लुक्न थाले : दुर्गा प्रसाईँ