काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आगामी निर्वाचनमा विद्यालय र बालबालिकालाई प्रयोग नगर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै अभियानले १८ वर्ष भन्दामुनिका बालबालिकालाई निर्वाचनका कुनै पनि गतिविधिमा सहभागी नगराउने भन्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको हो ।
त्यस क्रममा प्रमुख आयुक्त भण्डारीले निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिइनेतर्फ आयोग सचेत रहेको बताएको अभियानका अध्यक्ष तिलोत्तम पौडेलले जानकारी दिए। कुनै पनि राजनीतिक दलले विद्यालय र बालबालिकालाई प्रयोग गर्न नहुने उल्लेख गर्दै उनले यसमा राजनीतिक पार्टी र सबै सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ मंसिर २०८२, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया