काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’का संयोजक दुर्गा प्रसाईँलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी भएको छ। सोमबार मध्यराति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईँविरुद्ध मुद्दा दर्ताको प्रक्रिया अघि बढेसँगै काठमाडौँ प्रहरी परिसरले आवश्यक डकुमेन्टेशन सुरु गरेको हो।
परिसरका एक प्रहरी अधिकृतका अनुसार प्रसाईँले सार्वजनिक शान्ति भंग हुने प्रकृतिका अभिव्यक्ति दिएको ठहर गरिएको छ। यही आधारमा म्याद थपको प्रक्रिया अघि बढाइने तयारी छ।
हाल प्रसाईँलाई भद्रकालीस्थित प्रहरी हिरासतमा राखिएको छ। उनको गिरफ्तारीपछि समर्थक तथा नागरिक बचाउ दलका कार्यकर्ताले प्रदर्शन गर्ने सम्भावना रहेकाले उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ मंसिर २०८२, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
घण्टीमा भोट हाल्नेहरू एक महिनामै लुक्न थाले : दुर्गा प्रसाईँ