काठमाडौँ । निर्वाचन आयोगले ६ लाख २० हजार नयाँ मतदाता थपिएको जनाएको छ । आयोगका अनुसार यो तथ्यांक सोमबार राति ९ बजेसम्मको हो ।
तीन लाख ११ हजार ४१४ जना निर्वाचन आयोगको नियमित सर्भरबाट र तीन लाख आठ हजार ५८५ जना राष्ट्रिय परिचयपत्रको आधारमा नयाँ मतदाता थपिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले जेन जेडलाई लक्षित गरी अध्यादेश मार्फत मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो ।
आगामी २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन जारी छ ।
पहिलो चोटि गत कात्तिक ३० गतेसम्म मात्रै नयाँ मतदाताका लागि नाम दर्ताको समय दिइएको थियो । पछि थपेर यही मङ्सिर ५ गतेसम्म नाम दर्ताको समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ मंसिर २०८२, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१६५ सिटका लागि साढे २ हजार भन्दा बढीको उम्मेदवारी
तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान
भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने
निर्वाचन आयोगले गगन थापालाई मान्यता दिने सूचना शुक्रबार दिउँसै देउवालाई थियो