काठमाडौं । नेत्रविक्रम चन्द विप्लवको पार्टी लाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने भएको छ । कम्युनिष्ट पार्टी नेतपाल र चुनाव चिन्ह्र लालरीगुराँस राखेर निर्वाचन आयोगमा विप्लवको पार्टीले दल दर्ताको निवेदन दिएको थियो ।
आयोगले निर्वाचन चिन्ह्र फेरेर गुलाव दिने गरी उक्त पार्टीसँग कुरा भएपछि आज दल दर्ताको प्रमाणपत्र दिन लगेको हो ।
त्यसका लागि आयोगले विप्लवसहितका नेताहरुलाई दिउँसो साढे १ बजो आयोग कार्यालयमा बोलाएको छ । आयोगले दिउँसो दल दर्ताको अनितम काम गर्न बोलाएको विप्लवका पार्टीका एक पदाधिकारीले बोलाए । २०६९ सालमा तत्कालिन माओवादीसँग पार्टी विभाजन गरेपछि विप्लवको पार्टी निर्वाचनमा सहभागी भएको थिएन । उक्त पार्टीले त्यसयताका निर्वाचन वहिष्कार र ध्वंस गर्ने बताउँदै आएको थियो ।
अन्ततः एकोहोरो बहिष्कारको नीतिले मात्र कँही नपुग्ने भएपछि विप्लवको पार्टी पनि चुनावमा सहभागी हुने निर्णयमा पुगेको थियो । त्यही आधारमा उसले कम्युनिष्ट पार्टी नेपालका नाममा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको थियो ।
आयोगले आज दल दर्ताको प्रमाणपत्र दिएपछि विप्लवको पार्टी पनि पहिलो पटक चुनावमा सहभागी हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ मंसिर २०८२, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्ने
एकताको नाममा पार्टी खप्टिने र उप्किने पुरानो तरिका अब निकै थोत्रो भइसक्यो : विप्लव
दल दर्ताका लागि विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा निवेदन