काठमाडौं । नेत्रविक्रम चन्द विप्लवको पार्टी लाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने भएको छ । कम्युनिष्ट पार्टी नेतपाल र चुनाव चिन्ह्र लालरीगुराँस राखेर निर्वाचन आयोगमा विप्लवको पार्टीले दल दर्ताको निवेदन दिएको थियो ।
आयोगले निर्वाचन चिन्ह्र फेरेर गुलाव दिने गरी उक्त पार्टीसँग कुरा भएपछि आज दल दर्ताको प्रमाणपत्र दिन लगेको हो ।
त्यसका लागि आयोगले विप्लवसहितका नेताहरुलाई दिउँसो साढे १ बजो आयोग कार्यालयमा बोलाएको छ । आयोगले दिउँसो दल दर्ताको अनितम काम गर्न बोलाएको विप्लवका पार्टीका एक पदाधिकारीले बोलाए । २०६९ सालमा तत्कालिन माओवादीसँग पार्टी विभाजन गरेपछि विप्लवको पार्टी निर्वाचनमा सहभागी भएको थिएन । उक्त पार्टीले त्यसयताका निर्वाचन वहिष्कार र ध्वंस गर्ने बताउँदै आएको थियो ।
अन्ततः एकोहोरो बहिष्कारको नीतिले मात्र कँही नपुग्ने भएपछि विप्लवको पार्टी पनि चुनावमा सहभागी हुने निर्णयमा पुगेको थियो । त्यही आधारमा उसले कम्युनिष्ट पार्टी नेपालका नाममा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको थियो ।
आयोगले आज दल दर्ताको प्रमाणपत्र दिएपछि विप्लवको पार्टी पनि पहिलो पटक चुनावमा सहभागी हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ मंसिर २०८२, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्ने