काठमाडौँ । सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाटै दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
उनका एक निकटस्थ सहयोगीका अनुसार सुतिसकेका प्रसाईंलाई पक्राउ गर्न प्रहरी टोली साेमबार मध्यराति निवासमा पुगेको थियो ।
निवासमा प्रवेश गरेर उनलाई प्रक्रिया पूरा गरेर नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर काठमाडौँमा ल्याइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।
निवास परिसरबाट उनलाई निकाल्दै गरिएको एक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा प्रसाईंले केही बोलेको सुनिन्छ ।
उनले आफू गाडी चढ्दै गरेको खिच्न कसैलाई भनिरहेको सुन्न सकिन्छ । मङ्सिर ७ देखि आन्दोलनको घोषणा गरेका उनले हिंसा भड्काउन सक्ने आशङ्कासहित पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ मंसिर २०८२, ०६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
घण्टीमा भोट हाल्नेहरू एक महिनामै लुक्न थाले : दुर्गा प्रसाईँ