काठमाडौँ । दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल बनेको छ । दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगिसकेको छ ।
निर्वाचन आयोगमा दिएको निवेदन अनुसार, पार्टीको नेतृत्वमा भने माधव खतिवडा रहेका छन् । प्रसाईँले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएका छन् । यही महाअभियानसँग मिल्दो नाममा दल बनाएका हुन् । यो पार्टीमा रहेका केन्द्रीय सदस्यहरू आइतबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन् ।
दल दर्ताका लागि निवेदन दिने आज अन्तिम दिन हो । भोलिदेखि मंसिर १० गतेसम्म प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० कार्तिक २०८२, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
घण्टीमा भोट हाल्नेहरू एक महिनामै लुक्न थाले : दुर्गा प्रसाईँ