काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको टिप्पणी गरेका छन् ।
प्रेस चौतारी नेपालको टिमसँग आफ्नै निवास गुण्डुमा आइतबार बिहान छलफल गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार संविधान र संसदबाट नबनेको उल्लेख गर्दै दलबाट र जेनजीबाट पनि नबनेकोले यो सरकार कस्को भन्नेमा प्रश्न रहेको बताए ।
‘यो सरकार कसको प्रतिनिधि हो ? जेनजीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिन भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्थै छैन भन्छ’ अध्यक्ष ओलीले प्रश्न गने, ‘आखिर यो सरकार कसको हो ?’
बेवारिसे सरकारले तोडफोड र आगलागीमा संलग्नलाई कारबाही नगरेर दण्डहीनतालाई प्रश्रय दिएको ओलीले आरोप लगाए। गृहमन्त्रीले यस प्रकारका अपराधीलाई पक्राउ नगर्न निर्देशन दिनुले देशमा दण्डहीनतालाई प्रश्रय दिएको उनको भनाइ छ ।
अध्यक्ष ओलीले मुलुकको अनिश्चयलाई सही बाटोमा ल्याउन संसद पुनर्स्थापना एक मात्र विकल्प भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० कार्तिक २०८२, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको ओलीको आरोप
‘भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ’ : ओली
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली
‘नेपालको चुनावी परिणाम पनि बांङ्लादेशको जस्तै हुन्छ’: ओली
एमाले अध्यक्ष ओली आज झापाका ११ कार्यक्रममा सहभागी हुँदै
‘अब घरघरमा पाइपबाट ग्यास पुर्याउन सकिन्छ, सिलिन्डर पनि चाहिँदैन’: ओली