काठमाडौं । मधेश प्रदेशका सात दलका सांसदहरूले प्रदेशसभाअघि धर्ना दिएर बसेका छन्।
सभामुख रामचन्द्र मण्डलले पदीय आचरणविरुद्ध काम गरेको भन्दै हटाउन प्रस्ताव दर्ता गरेका सांसदहरूले आज प्रदेशसभाअघि धर्ना दिएका हुन्।
सभामुखले पदीय आचरणविरुद्ध संसद्मा दर्ता गराएको पत्रबारे उपसभामुखसँग जानकारी लिन मधेश प्रदेश सभा प्राङ्गणमा आफूहरू सामूहिक रूपमा गएको लोसपा सांसद उपेन्द्र महतोले बताए।
सभामुख मण्डलले आफूलाई हटाउन प्रस्ताव आएपछि पाँच जना सांसदहरूलाई पदमुक्त गरेका थिए। तर, सभामुखको निर्णय उपसभामुखले उल्टाइदिएकी थिइन्।
मधेशमा एमालेका सरोज यादवलाई ठुलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेपछि विवाद चर्किएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ कार्तिक २०८२, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशमा सभामुखले पदमुक्त गरेका सांसदद्वारा हाजिरी र कारबाहीको नक्कल माग
मधेशको आर्थिक वृद्धि करिब ४ प्रतिशत
मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई प्रभु साहले दिए अनैतिकताको संज्ञा
मधेशमा सत्तारुढ दलहरूको बैठक बस्दै
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
मधेशमा नयाँ सरकारका लागि दाबी पेश