काठमाडौं । मधेश प्रदेशका सात दलका सांसदहरूले प्रदेशसभाअघि धर्ना दिएर बसेका छन्।
सभामुख रामचन्द्र मण्डलले पदीय आचरणविरुद्ध काम गरेको भन्दै हटाउन प्रस्ताव दर्ता गरेका सांसदहरूले आज प्रदेशसभाअघि धर्ना दिएका हुन्।
सभामुखले पदीय आचरणविरुद्ध संसद्मा दर्ता गराएको पत्रबारे उपसभामुखसँग जानकारी लिन मधेश प्रदेश सभा प्राङ्गणमा आफूहरू सामूहिक रूपमा गएको लोसपा सांसद उपेन्द्र महतोले बताए।
सभामुख मण्डलले आफूलाई हटाउन प्रस्ताव आएपछि पाँच जना सांसदहरूलाई पदमुक्त गरेका थिए। तर, सभामुखको निर्णय उपसभामुखले उल्टाइदिएकी थिइन्।
मधेशमा एमालेका सरोज यादवलाई ठुलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेपछि विवाद चर्किएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ कार्तिक २०८२, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त
कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन सात दलीय गठबन्धन सहमत
मधेशमा सरकार गठनको दौड : मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन