काठमाडौं। जेन–जी नेता रक्षा बमले अहंकार र हुल्लडवादले भरिएका हरेक घडा फुटेझैँ अहिले भरिन सुरु गरेको कच्चा घडा पनि फुटेर जाने भन्दै सरकारलाई घुमाउरो चेतावनी दिएकी छन् । सुकम्बासी बस्तीमा सरकारले डोजर चलाउने तयारी गरेपछि बमको आक्राेश पोखिएको हो ।
उनले शुक्रबार मध्याह्न सामाजिक सञ्जालमार्फत वर्तमान सरकारलाई भरिन लागेको कच्चा घडाको संज्ञा दिँदै अहंकार पलाएर फुटेर जाने चेतावनी दिएका हुन् । रुवाबासीमा रमाउनेहरूको खुसी पनि धेकै नटिक्ने उनको भनाइ छ ।
सामाजिक सञ्जालमा रक्षाले लेखेकी छन्, ' अहंकार र हुल्लडवादले भरिएका हरेक घडा ढलेका छन्, फुटेका छन् । भरिन सुरु गरेको यो कच्चा घडा पनि ढल्नेछ, फुट्नेछ । र यो रुवाबासीमा रमाइरहेकाहरू……………. !'

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ बैशाख २०८३, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जनताप्रति सिंगो रास्वपाको राजनीतिक बेइमानी हो’: रक्षा बम
प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न–सिंहदरबार जलाउने सलाइ कसको हातमा थियो ?
अब बन्ने सरकारले शपथअघि जेन–जी आन्दोलनजस्तो घटना दोहोरिन नदिने संकल्प गरोस्ः रक्षा बम
गृहमन्त्रीको राजीनामा चाहँदैनौँ : रक्षा बम
विद्यार्थीहरूमाथि गोली बर्षाउनेले अझै पनि चुट्किला सुनाएर दुनियाँ हँसाइरहेको छ : बम